एमाले सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बस्न लागेको



सोज १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बस्न लागेको उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो ।

 

नेम्वाङले भन्नुभयो, सचिवालय बैठक बालकोटमा ३ बजे बस्दैछ । निवार्चनको समानुपातिकसँगै प्रत्यक्षतर्फको सुरु गर्नुपर्यो मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची र प्रत्यक्ष उम्मेदवारबारे बैठकमा छलफल हने उहाँको भनाइ छ ।

 

 

यसबाहेक विस्तृत एजेन्डाहरु भने बैठकमा नै प्रस्तुत हुने उहाँले बताउनुभयो  ।

Comments Box