बाढीपछि मनाङको ताल क्षेत्र, स्थनान्तरण की पुनःस्थापना ?



२०७८ साल जेठको अन्तिम साता र मुख्यतय असार १ गते मस्र्याङदी नदी उर्लेपछि मनाङ जिल्लाको नासोँ गाउँपालिकामा रहेको ताल क्षेत्र डुवानमा प¥यो ।

 

 

ताल दशकौं अगाडी देखि मनाङको एक प्रमुख एक व्यापारिक क्षेत्रको रुपमा समेत परिचित छ ।

 

बेसीशहर चामे सडक सुचारु भएपछि पनि ताल क्षेत्र मनाङको चहलपहल हुने प्रमुख क्षेत्रकै रुपमा र¥यो ।

 

मस्र्याङदीको किनार मै रहेको यो बस्ती अरु दुई झरनाका कारण पनि मनोरम छ ।

 

असार १ मा मात्र होइन त्यसपछि पनि विभिन्न मितीमा ताल क्षेत्रमा बाढी उर्लीयो ।

 

बाढीको यो त्रासपछि अब ताल क्षेत्र पुनर्निर्माण गर्ने की यहाँका वासिन्दालाई स्थान्तरण गर्ने भन्ने प्रश्न खडा भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा समिति र इन्जिनीयर सहितको टोली अवलोकनमा जाँदा समेत यो विषय गम्भीरताका साथ उठेको थियो ।

 

हिमाली क्षेत्रमा पानी भन्दा हिउँ धेरै प¥थ्यो र यस्तो बाढी कहिलै आएको थाहा नभएको स्थानीय बताउछन् ।

 

विश्वव्यापी जलवायु परिवर्तनले गर्दा उच्च हिमाली क्षेत्रमा अधिक पानी पर्न सुरु भएको हो भने ताल जस्ता क्षेत्र अझै जोखिमपूर्ण बन्ने विज्ञहरुको आंकलन छ ।

 

प्राकृतिक वितण्डाको आकस्मीक व्यवस्थापन भैं सकेको हुँदा सम्बन्धीत निकायहरुले यस्तो गम्भीर चासोका विषयमा ढिला नगरी तादारुकताका साथ काम गर्न आवश्यक छ ।