रहेनन् धानबाली विशेषज्ञ बस्नेत



३० साउन (रासस) :  वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ ।

 

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पु¥याउनुभएका उहाँ सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र ९इरी० का अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उहाँको अथक योगदान रहेको थियो । उहाँका दुई छोरी र एक श्रीमती हुनुहुन्छ ।