स्थापना देखी “डिर्भोस” सम्मको घटनाक्रम – जसपा को समयचक्र



काठमाडौं, २८ असार : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।

 

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् ।


जसपा को समयचक्र

वैशाख १० गते, २०७७:  समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको

 

 

जेठ २०, गते, २०७७:  दल दर्ताका लागि निवेदन दिएको

 

असार २५ गते, २०७७:  निर्वाचन आयोगबाट आधिकारिकता पाएको

 

७ सय १ जनाको केन्द्रीय कमिटी, १ सय ५१ जनाको राजनीतिक समिति, ५३ जनाको कार्यकारिणी समिति , ११ सय १ जनाको संघीय परिषद गठन गर्ने भनिएको

 

कात्तिक ४ गते,  २०७७ : बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको , महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष

 

फागुन २५ गते, २०७७: रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) र जनता समाजवादी पार्टी कार्यदल

जेठ ७ गते, २०७८: देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जनाले हस्ताक्षर

 

जेठ २१ गते, २०७८: ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ ठाकुर पक्ष के पि ओलि सरकारमा

 

 

 

असार ८ गते , २०७८: सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त

 

असार २२ गते, २०७८: अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह

 

साउन ११, २०७८: जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरे, निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई आधिकारिकता

 

Comments Box