सिआरएस, सप्रोस नेपाल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा लमजुङको दोर्दीका घरघरमा खानेपानीका धारा



लमजुङ, १५ चैत: लमजुङको दोर्दी गाउँपालिकाका घरघरमा खानेपानीको धारा पुगेको छ ।  ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरमा मिटर प्रणालीमार्फत पानी पुर्‍याइएको गाउँपालिको जनाएको छ । गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरमा मिटर प्रणालीमा खानेपानी पुर्‍याइएको हो ।

 

दुई करोड ६१ लाख लागतमा खानेपानीको सुविधा पुगेको हो । गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिसकिएको छ । २ हजार ८ सय ९३ घरमा खानेपानीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

 

यसैगरी, दोर्दी गाउँपालिकाका समन्वय एवं सिआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा संचालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २,अर्चलबोटको उपल्लो अलैँचेका घरमा पनि मिटर प्रणालीमा पानी पुर्‍याइएको हो । १३ लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको छ । यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन् । २ हजार २ सय ७५ मिटर टाढा कोउँसराबाट पानी ल्याई मिटर प्रणालीमार्फत वितरण गरिएको  छ ।


गण्डकीमा प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले एक घर एक धारा को सुरुवात अभियानलाई प्राथमिकताका साथ अगाडि बढाएको थियो

गण्डकी प्रदेशमा अहिले रु तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन भइरहेका छ । आधारभूत खानेपानीको व्यवस्था गर्न गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ को सरकारले,  एक घर: एक धारा अभियानलाई प्राथमिकताका साथ अगाडि बढाएको थियो ।

 

 

 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना सम्पन्न भइसकेको बताउनुभयो ।

 

Water Tank _ Gandaki
बागलुङ नगरपालिका–८ सिगानामा गण्डकी प्रदेश सरकारको क्रमागत योजनाअन्र्तगत एक घर एक धारा निर्माण अभियानका लागि कोरिखोला गाउँमा खानेपानी लैजानको लागि १० हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरिँदै । तस्वीर ः खेमराज गौतम÷रासस

 

भाषणमा प्राथमिकता, बजेटमा कटौती

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका थिए ।

 

 

तर यो कार्यक्रम पृथ्वीसुब्बा गुरुङ नेतृत्व को सरकारले ल्याएको भनेर बजेट विभाजनका क्रममा बदमासी गरिएको भन्दै नेकपा एमालेले ज्ञापन पत्र बुझाएको थियो ।

 

 

पृथ्वीसुब्बा गुरुङ सरकारले तीन बर्षे उपलब्धी सार्बजनिका गर्दा लेखेको थियो:

प्रथम प्रदेश सरकारले घोषणा गरेको “एक घर-एक धारा कार्यक्रम” अन्त्रगत हालसम्म सम्पन्न २४३ आयोजनाबाट ५५,०६० धारा जडान सम्पन्न भई २ लाख ८५ हजार १ सय ८४ जन सङ्ख्या लाभान्वित भएका छन। यस आर्थीक वर्षको अन्त्यसम्म ७५,५६२ धारा जडान गरिनेछ र यसबाट ३ लाख ९९ हजार ९ सय ९५ जनसङ्ख्या ला भान्वित हुनेछन।

Comments Box