एमाले समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपक मनाङे निर्विरोध

प्रत्यक्षतर्फ ९ जनाको उम्मेद्वारी दर्ता भएको थियो



मनाङ जिल्लाको प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् ।

 

प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

 

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए ।

 

२०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको राजीवले बताउदै आएका छन् । गण्डकी प्रदेशमा मन्त्री रहे पनि राजीव गुरुङले सत्ता गठबन्धन छोडिसकेको बताउदै आएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

एमालेकै पहलमा उम्मेदवारी फिर्ता

एमाले मनाङका अध्यक्ष कप्ली गुरुङका अनुसार एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाईएको हो । दोर्जे लामा लाई उम्मेदवारी फिर्ता लिएर राजीवलाई निर्विरोध गर्न अनुरोध गरेको थियो ।

 

स्वतन्त्र उठेका दीपक मनाङेले एमाले समर्थनमा २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

मनाङ जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कूल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 

प्रदेशसभा र प्रतीनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेद्वारी दर्ता भएको थियो ।

Comments Box