एमाले सांसद तथा पूर्वमन्त्री नेम्वाङको प्रस्ताव – अनुसन्धानविनाका आयोजना लाई एक रुपैयाँ

अध्ययन अनुसन्धानविना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकोले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कामय गरियोस्



काठमाडौं, २३ जेठ : एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।

 

 

प्रतिनिधिससभामा उनले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । उनले सोमबार विनियोजन विधेयक २०७९ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् ।

 

‘विगत आर्थिक वर्षहरुदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण हुँदै आइरहेको अत्यन्तै महत्व राख्ने वैकल्पिक सहायक राजमार्गहरुमा आवश्यकताबमोजिम रकम विनियोजन नगरिएका र विस्तृत अध्ययन अनुसन्धानविना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकोले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कामय गरियोस्,’ प्रस्तावमा भनिएको छ ।

Comments Box