अर्काको श्रीमान आफ्नो भन्दै कुट्पिटमा उत्रेकी राज्यमन्त्री द्वारा राजिनामा

राज्यमन्त्री खत्रीविरुद्ध किटानी उजुरी परेको छ



बुटवल, १५ असार: लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् ।

 

 

उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।

 

 

 

‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने ।

 

गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको राज्यमन्त्री खत्रीविरुद्ध किटानी उजुरी परेको छ ।

 

अभद्र व्यवहारको आरोपमा उजुरी परेपछि  छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ । उक्त समितिलाई छानबिनमा सघाउन भन्दै उनले राजीनामा दिएकी बताएकी छन् ।

 

खत्रीको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा नपुगेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता नरेन्द्र कुमार रानाले जानकारी दिए । ‘विषयवस्तुमा छलफल भएको छ, तर आधिकारिक राजिनामा आएको छैन’ मुख्यमन्त्री कार्यालयले भन्यो ।

 

माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ असारमै  खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी दिने बताए ।


स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी

बुटवल, ३१ जेठ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।

 

मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मिनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई मिनाले बेडरुममै गएर कुटपिट गरेको बताएकी छन् ।

 

प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएकोे बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि  आक्रमण गरेको उनको भनाई छ । त्यस क्रममा आफ्नो कपाल लुछेर  आक्रमण गरेको मिनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन् ।

 

उता, दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन् । “राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,” एसपी काफ्लेले भने, “ईप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।”

 

सांसद् हुँदादेखि पटक पटक लफडाको चर्चा आएकी विमला आज बिहान आफ्नो पीएसओसहित तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

 

मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । यसअघि बस्नेत र वलीले चुम्बन गरेको तस्बिर सार्वजनिक भएको छ । बस्नेत वाईसीएलका कार्यकर्ता हुन् ।

 

विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । काँग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

 

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहिन् । उनीले पछि माओवादी रोजेकी हुन् । त्यही बेला उनलाई मुख्यमन्त्री शङ्कर पोखरले अपहरण गरेर मुख्यमन्त्री निवासमा राखेको भन्दै पत्रकार सम्मेलन गरेर बताएकी थिइन् ।

Comments Box