कोभिड १९ : कुन चरणमा के गर्ने ?



कोभिड १९ को कारण हरेक दिन हजारौँको संख्यामा मानिसहरूको ज्यान गइरहेको छ । पहिलो लहरभन्दा दोस्रो लहरले निकैकै डर लाग्दो रुप लिएको छ । अत्यधिक विरामीका कारण बजारमा अक्सिजनको अभाव, अस्पतालमा शय्या अभाव र स्वास्थ्यकर्मीमा अत्यधिक भारलगायतका कारणले परिस्थिति निकै जटिल देखिएको छ । स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मीसम्म सबैमा कोभिड १९ को संक्रमण दिनानुदिन बढी रहेको छ । यस्तो भयाभव स्थीति ल्याउने नयाँ भेरियन्ट कस्तो हो र यही तपाईँ वा तपाईँको परिवारमा कसैलाई संक्रमण भएका के कस्ता कुराहरूमा ध्यान दिने त ?
कोभिड १९ अन्य रोगहरू जस्तो सामान्य रोग होइन । यो एकमै फरक खाले रोग हो । यसका दुईवटा चरण हुन्छ । पहिलो र दोस्रो चरण । पहिलो चरण, पहिलो ६ दिनको हुन्छ भने दोस्रो चरण छैठौँ दिनदेखि बाह्रौ दिनसम्मका दोस्रो ६ दिनको हुन्छ ।
कोभिड १९ बाट जति पनि मृत्यु भईरहेको छ वा जति पनि बिरामीलाई भ्यान्टिलेटर वा अक्सिजन आवश्यकता परिरहेको छ त्यो सब दोस्रो ६ दिनमा भएको एक अध्ययनले देखाएको छ । कोभिड १९ दोस्रो चरणमा निकै खतरनाक भएको पाइएको छ ।
त्यसैले यदि तपाईँले यो दोस्रो चरण कहिले सुरु हुँदैछ भन्ने पहिचान बेलैमा गर्न सकियो भने अथवा समयमा नै उपचार सुरु गरियो भने तपाईले अक्सिजन र भ्यान्टिलेजरको अवस्थामा पुग्नुपर्दैन । सबैभन्दा पहिले जब तपाईमा कोभिड १९ का ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने, गन्ध नआउनु,जिउ दुख्ने, खानेकुराको स्वाद गुमाउनेलगायतका लक्षणहरू देखापर्छ र तपाईको कोभिड १९ परिक्षण रिपोर्ट पोजिटिभ आउँछ । त्यो दिनलाई तपाईहरूले प्रथम दिनको रुपमा लिनुपर्दछ । पहिलो ५ दिन हामीले सामान्य औषधीहरूको प्रयोग गर्न सक्छौँ । जस्तै, भिटामिन सी, जिङ्क, भ्याबिफ्लु, आइभरम्याक्टिन, टक्सिसाइक्लिन आदि । यो सँगै हामीले आफ्नो खानपानमा पनि निकै ध्यान दिन जरुरी हुन्छ । पर्याप्त पानी अथवा झोल पदार्थको सेवन गर्ने, आराम गर्ने लगायतका कामहरू गर्न सकिन्छ । यसमा आत्तिहाल्नु पर्ने हुँदैन ।
बिरामीले त्यसपछीको ६ दिनमा निकै सावधान रहनुपर्छ । कोभिड १९ संक्रमणको छैठौँ र सातौँ दिन देखि हामी सतर्क रहनुपर्ने हुन्छ किनभने यही दोस्रो चरणमा विभिन्न खाले स्वास्थ्य जटिलताहरू आउँने गरेको पाइएको छ । यही दोस्रो चरणमा बिरामीहरूको मृत्यु हुनेगरेको पाइएको छ । यो चरणमा बिरामीले छातीको सिटीस्क्यान गर्ने, इन्फेमेट्रिमार्कस् टेस्ट गर्ने, सिआरपी टेस्ट गर्ने, अन्य टेस्टहरू जस्तै डि डायमण्ड, इन्टरलुकिङ सिक्स गर्नु र उपयुक्त हुन्छ । यी सबै टेस्टको महत्वको बारे भन्नुपर्दा यदी छैठौँ दिनमा सिआरपी लेभल माइल्ड अथवा सामान्य छ त्यस्तै सिटीस्क्यानको रिपोर्ट सामान्य छ भने डराउनुपर्ने अवस्था हुँदैन । तर, सतर्क रहनुपर्ने अवस्था भने रहन्छ ।
तर, यदि सिटीस्क्यानको रिपोर्टमा मुटुको संलग्नता मध्यम अथवा गम्भीर छ भने सिआरपी लेभल बढेको छ भने जटिलता आउन सक्ने सम्भावना रहन्छ । त्यसैले बिरामीले आफ्नो रिपोर्ट आउने बित्तिकै सर्तक रहन जरुरी छ । रिपोर्टको नतिजा जटिल छ भने डाक्टरको परामर्श लिन जरुरी रहन्छ । छैठौँ र सातौँ दिन देखि स्टिरोइडस् र ब्लड थिनर्स सुरु गरियो भने बिरामीको ज्यान बच्न सक्ने सम्भावना रहन्छ । तर, बिरामीले आफ्नो औषधी उपचार भने आफै सुरु गर्नु भने हुँदैन ।
अर्को जान्नैपर्ने र ख्याल राख्नुपर्ने कुरा के हो भने बिरामीलाई ज्वोरो कम हुने बित्तिकै बिरामीहरूले आफ्नो अक्सिमिटरको प्रयोग गर्न छोड्ने गरेको पाइन्छ । त्यस्तै आफ्नो अक्सिजन लेभल पनि बेला बेलामा जाँच गर्न छोड्छौँ । पाँचौ या छैठौँ दिनमा ज्वोरो कम हुने बित्तिकै हामी र्निधक्क बस्ने गर्छौ । यो अवस्था आठौँ दिन सम्म चल्न सक्छ तर अचानक नवौँ दिनमा आएर बिरामीलाई श्वासप्रश्वासमा समस्या देख्न थाल्छ । अत्याधिक कमजोरी महसुश हुन थाल्दछ जसबाट बिरामी बेहोस हुने सम्म हुने गर्दछन् । केही बिरामी त निलो सम्म हुने गर्छन् किनकी यो समयमा बिरामीको अक्सिजन लेभल डाउन हुने गर्दछ ।
जब सम्म अक्सिजन स्याचुरेसन लेभल ८० देखि ८५ सम्म पुग्दैन बिरामीलाई गाह्रो भएको महसुशनै हुन्न। सामान्य जस्तै हिडडुल गरिराखेकै हुन्छ । तर, अचानक अक्सिजनको लेभल कम हुने बित्तिकै बिरामी आत्तिन थाल्छ र उसलाई अक्सिजन सिलिण्डरको आवश्यकता पर्दछ । तर, बेला बेलामा आफ्नो ज्वोरो कम भएतापनि अक्सिजनको लेभल जाँच गरेको भए त्यो समस्या आउने थिएन । छैठौँ दिन पछी बिरामीले आफ्नो अक्सिजन स्याचुसन लेभल हरेक दुई घढटामा जाँच गर्नु आवश्यक रहन्छ । यदी अक्सिजनको लेभल ५ प्रतिशत भन्दा कम भएको पाएमा तुरुन्तै अस्पताल गएर उपचार सुरु गराउनुपर्ने हुन्छ । यदि बसेर अक्सिजन लेभल जाँच गर्दा ९० देखाएको छ र त्यही समयमा थोरै हिडेर जाँच गर्दा ८५ देखायो भने बिरामीले थाहा पाउनुपर्छ कि उसको आफ्नो फोक्सोमा समस्या देखापर्न थालेको छ । त्यसैले दोस्रो चरणको समयमा बिरामीले निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।
यो जटिल अवस्थामा थाहा भएको कुराहरू एक अर्कोलाई सिकाउनु जरुरी रहन्छ । त्यसैले समयमा नै डाक्टरको परामर्श लिइयो र उचित उपचार पाइएमा बिरामीको ज्यान बच्न सक्ने समय रहन्छद ।
(डा. पङ्कज चर्तुवेदीको सहयोगमा तयार पारिएको लेख । )