चट्याङ्ग लागेर एक जनाको मृत्यु



नेपालमा चैत्रदेखि जेठ महिनासम्म चट्याङ्गको जोखिम बढी हुने गर्छ । हरेक वर्ष कारीब ५०० जनाले  चट्याङ्गबाट ज्यान गुमाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जनाएको छ ।

 

चट्याङ्गबाट सुरक्षित रहौँ । 

 

 

 

 

 

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षीय बुद्ध बहादुर तामाङको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

 

 

 

 

घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।

 

चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो । त्यसैगरी, मिर्चैया नगरपालिका ९ देउरालीका ५६ कुमलाल योञ्जन पनि चट्याङ लागेर घाइते भएका छन् ।


तस्बिर : राजु सुवाल
स्थान : भक्तपुर न. पा. – ५ , त:मरी, कुल्माननि टोल

Comments Box