सिंहदरबारको नयाँ नाम – “सरकारी सवारीको कवाडिखाना”



मङ्सिर २५ गते। सिंहदरबारभित्र काम नलाग्ने र बिग्रिएका सवारी साधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ।

 

 

मुख्य सचिव शङ्करदास वैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले सबै मन्त्रालय र मातहतका निकायलाई बिक्री गर्न परिपत्र गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले जानकारी दिनुभयो।

 

 

सिंहदरबार परिसरभित्र विभिन्न निकायमा रहेका पुराना प्रयोगविहीन रहेका र बिग्रिएका सवारी साधनले मन्त्रालय परिसरको सौन्दर्यीकरणमा पनि असर गरेका कारण सवारीको लिलाम बिक्री गर्नका लागि मन्त्रालय र मातहतका निकायलाई परिपत्र गरेको हो।

 

 

यस्तै प्रयोगविहीन रहेका सवारीसाधनबाट केही शुल्क पनि उठ्ने र सौन्दर्यीकरणमा पनि सहयोग पुग्ने आशाका साथ यस्तो निर्णय भएको बताइएको छ। मन्त्रालय परिसरमा धेरै वर्ष अघिदेखि प्रयोग विहीन रहेका कार तथा मोटरसाइकलका कारण पार्किङ व्यवस्थापन तथा सौन्दर्यीकरणमा असर परेको छ।

Comments Box