झापाको कनकाईमा फेरि एमालेका पोखरेल



झापाको कनकाई नगरपालिकाको नगरप्रमुखमा पुनः राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । पोखरेल नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

 

 

पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याए भने नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याएका छन् । २ हजार १२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन् ।

 

कनकाईमा जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि थापा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

 

उपमेयरमा भने नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटीले १० हजार ७१३ मत ल्याइन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईलाई १ हजार ८ सय ६८ मतान्तरले पराजित गरेकी हुन् । नगरपालिकाकी वर्तमान उपमेयर रहेकी प्रसाईले ८ हजार ८ सय ४५ मत ल्याएकी छिन् ।

Comments Box