राष्ट्रपती र उप-राष्ट्रपती दुबै पुरुष ; संविधानको मर्म विपरित, महिला नेतृत्वमा रोक

संविधानको मर्म र भावना भनेको राष्ट्रपति-उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि रहेको भन्दै पुरुष बाहेकको उम्मेदवारी योग्य



उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट  ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।

 

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निर्णय भएको हो । फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन्।

 

प्रमिला यादवको उम्मेदवारी फिर्ता गराइने

निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि अर्की उम्मेदवार प्रमिला यादवको उम्मेदवारी फिर्ता गराइने भएको छ । निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिने जसपा प्रवक्ता मनिष सुमनले बताए ।

 

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको मागसहित निवेदन दिएका थिए । तर, आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राखेको छ ।

 

राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो ।


उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानुन व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

 

आइतबार संसद् भवनस्थित राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संविधानको धारा ७० लगायत राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिङ्ग र फरक समुदाय राष्ट्रपति÷उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन् ।

 

उनले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवार अहिलेको सन्दर्भमा अनुपयुक्त भएकाले खस आर्य बाहेकको महिलालाई उम्मेदवार बनाउनुपर्ने बताइन् । उनले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताइन् ।

 

अधिवक्ता खतिवडाले संविधानको मर्म र भावना भनेको राष्ट्रपति-उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि रहेको भन्दै पुरुष बाहेकको उम्मेदवारी योग्य रहेको बताइन् ।

Comments Box