मनाङमा नेपाल टेलिकमको जीएसएम सेवा

निर्वाचनका क्रममा संसद पोल्देन छोपाङ गुरुङले जाहेर गरेको प्रतिवद्दता अनुरुप वाचा पुरा



मनाङमा सञ्चारसँग जोड्न जिल्लाभित्र बिभिन्न प्रयासका कामहरू भैरहँदा अब जिल्लाको चारवटै स्थानीय तहमा नेपाल टेलिकमको जीएसएम सेवा सञ्चालनमा आएको छ ।

 

भर्खरै मात्र मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा नेपाल टेलिकमको मोबाइल टावर स्थापना गरी सञ्चालनमा आएको छ । पिसाङको उपल्लो पिसाङको गुम्बानजिकै राखिएको नेपाल टेलिकमको टावरको मनाङका निर्वाचित प्रतिनिधिसभाका सदस्य पोल्देन छोपाङ गुरुङले टावरको उद्घाटन गरेका थिए ।

 

नेपाल टेलिकम मनाङ शाखाका अनुसार एक पटकमा ५० जनासम्मले एकतर्फी कुरा गर्न मिल्ने प्रविधि थ्रीजी इन्टरनेट सेवा सञ्चालनमा आएको हो । पछि आवश्यकअनुसार यसै टावरबाट फोरजी सेवा पनि सञ्चालनमा ल्याउन मिल्ने नेपाल टेलिकम मनाङ शाखाले जनाएको छ ।

 

सोही अवसरमा सांसद गुरुङले एनटिसी मोबाइलमा कुरा गरेर पहिलो प्रयोगकर्ता बनेर सुरुवात गरेको स्थानीय होटल व्यवसायी पशुपति अधिकारीले बताए ।

 

जिल्लाको अति बिकट मानिने नार्पाभूमिगाउँपालिकाअन्तर्गत फू गाउँमा दूरसञ्चारको टावर यसअघि मात्र सञ्चालनमा आएको छ । त्यस्तै मनाङको माथिल्लो क्षेत्र खाङसारमा नयाँ टावर स्थापना गरी सञ्चालनमा आएपछि जिल्लाको सदरमुकाम चामेमा रहेको नेपाल टेलिकमको टावर पनि टावरको उचाइमा अपग्रेड गरेपछि मनाङ सञ्चार सेवामा सहज भएको छ ।

 

पिसाङमा राखिएको स्याटलाइट लिंक प्रयोग गरी मोबाइल सेवा प्रदान गरिएको टावरले पिसाङलगायत ढुकुर पोखरी, भ्राताङ, स्वार्गद्वारी, तल्लो पिसाङ, घ्यारु, ङावल र हुम्डेसम्म सहज बनाउनेछ । उक्त स्थानमा पहिला टेलिकमको टावर नहँुदा मोबाइलमा फोनसमेत गर्न असहज भएको स्थानीयहरूको समस्या अब टावर सञ्चालन भएसँगै सकिएको र अब सहज टोलिफोन हुने भएपछि स्थानीयहरू खुसी भएको स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।

 

टावर उद्घाटनमा उपस्थित सांसद पोल्देन छोपाङ गुरुङले यो र यस्ता टावरहरूको नियमित सञ्चालनका लागि नेपाल टेलिकमका कर्मचारीहरूले ध्यान दिनुपर्ने बताएका थिए ।

 


१५ कार्तिक २०७५

मनाङको विकट ‘फु’ गाउँमा जीएसएम मोवाइल सेवा सञ्चालन

हिमाली जिल्ला मनाङको विकट फु गाउँमा जीएसएम मोवाइल सेवा सञ्चालनमा आएको छ । फू गाउँमा जीएसएम मोवाइल सेवा सञ्चालनका लागि प्रतिनिधि सभाको निर्वाचनका क्रममा मनाङबाट निर्बाचित संसद पोल्देन छोपाङ गुरुङले प्रतिवद्दता जाहेर गरेका थिए । प्रतिवद्दता अनुरुप निर्वाचित भएपछी गरेको अथक प्रयासपछी उक्त गाउँमा सेवाको शुभारम्भ भएको संसद गुरुङले बताए ।

 

मोवाइल सेवाको सोमबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेका हुन् ।

 

टेलिफोन तथा मोवाइल सेवा नपुग्दा अझै पनि विकटका नागरिक प्रविधिबाट वञ्चित हुनुपरेको छ । नारपाभुमि गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले विकट गाउँमा मोवाइल टावर सञ्चालनमा आएपछि स्थानियमा खुसी छाएको बताए । ‘यसअघि गाउँका लागि दुई लाइनको भिस्याट टेलिफोन थियो, बिहान बेलुका र हिउँ पर्दा काम गर्दैन्थ्यो ।’, उनी भन्छन्, ‘मोवाइल सेवाले गाउँलेमा सुचना र प्रविधिको विकास भएको छ ।’

 

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा भिस्याङ लिङ्कबाट जडान गरिएको मोवाइलको टावरले नजिकै देखिने नामजुङ पिक र हिमलुङ हिमाल बेसक्याम्पसम्म काम गर्ने नेपाल टेलिकम मनाङले जनाएको छ । टेलिकम मनाङका प्रमुख ङिमाङिटु लामाका अनुसार उक्त टावरले नार गाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिपी पाससम्म र माथिल्लो मुस्ताङ प्रवेश गर्ने सलिपुङ पाससम्म काम गर्नेछ । नारपाभुमि गाउँपालिका ४ र ५ फु गाउँको टासी ल्हकाङ गुम्बा परिसरमा टावर राखिएको मनाङका टेलिकम प्रमुख लामाले बताए । उनका अनुसार रिपिटर टावरको रेडियो लिङ्क तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि फु गाउँमा स्याटलाइट लिङ्क प्रयोग गरिएको छ ।

 

फु गाउँ पुग्न मनाङको सदरमुकाम चामेबाट दुई दिन लाग्छ । उक्त गाउँमा करिब ५५ घरधुरी रहेका छन् ।

Comments Box