८० बन्दकर्ता पक्राउ

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् । काठमाडौँ, २२ माघ (रासस) :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित […]

सामाखुशीमा ट्याक्सीमा आगजनी

काठमाडौँ, २२ माघ (रासस) :सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको राससलाई जानकारी […]

मुस्लिम महिला जनप्रतिनिधि

भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्‍याउने’ आशलाग्दो काम गरिरहेका छन् । बाँकेको डुडुवा गाउँपालिकाकी उपाध्यक्ष शाहिदा वानोले पछिल्ला दुई वर्षमा ७० भन्दा बढी उजुरी छानबिन गरिन् । शाहिदा गाउँपालिकाको न्यायिक समिति संयोजक हुन् । तिनैमध्येको एउटा उजुरी छानबिन गर्ने […]

माघ २३ मा नेकपाको जनसभा ; तयारीमा जुटे जनसङ्गठन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौँमा पहिलोपटक हुन लागेको सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपाङ्गतालगायत पेशा र क्षेत्रका […]

संवैधानिक आयोगका प्रमुख तथा सदस्यद्वारा शपथग्रहण

काठमाडौँ, २१ माघ (रासस)-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र […]

२०७८ मंसिर २ गते महाधिवेशन गर्ने ओली समुहको निर्णय

काठमाडौं । विभाजनको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ साल मंसिर २ गते पार्टीको महाधिवेशन गर्ने एकतर्फी निर्णय गरेका छन् ।अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अध्यक्षतामा आज बालुवाटारमा सबेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । कूल ४४१ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष ओलीको पक्षमा जम्मा ११९ जना सांसदहरुको […]

बिर्सिएका सन्थाल

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का जीवन किस्कु मजदूरी गरेर परिवार पाल्दै आएका छन्। बुवा श्रीलाल बिरामी छन्। आमा फूलोमनी गाउँकै चिया बगानमा मजदूरी गर्छिन्। हुनत जीवनका हजुरबुवा कुपितनारायण किस्कु तत्कालीन हल्दिबारी गाउँ पञ्चायतका पहिलो प्रधानपञ्च थिए। उनी तीन पटक प्रधानपञ्च चुनिए। उनीहरूको करीब २० बिघा जमीन थियो। अहिले तिनै कुपितनारायणका नाति जीवनको परिवार […]

काठमाडौं प्लाजाको विवाद अदालतमा, महानगरपालिका अन्योलमा

५ साउन, काठमाडौं ।  काठमाडौं प्लाजा खाली गर्न ढिलाइ  भएको छ । यसले सम्झौता प्रक्रिया पूरा गरेर सर्ने तयारीमा रहेको काठमाडौँ महानगरपालिका अन्योलमा परेको छ । छुट्टाछुट्टै घर भाडामा लिएर विभिन्न ११ ठाउँबाट स्थानीयलाई सेवा प्रवाह गर्दै आएको काठमाडौं महानगरपालिकाले नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजाको एकै छानामुनीबाट सेवा दिने उदेश्यले लिज/भाडा सम्झौता अघि बढाएको […]

कुत खाने प्रवृत्तिको मारमा घरजग्गा

सजिलै नाफा कमाउने साधन बनेको घरजग्गाको मूल्य नियन्त्रण र आवास व्यवस्थापनमा सरकारले हस्तक्षेप नगर्ने हो भने नेपालमा पनि सडकमा सुत्ने ‘होमलेस’ हरूको संख्या केही वर्षमै ह्वात्तै बढ्नेछ । रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्र सात वर्षअघि बीएस्सी पढ्दापढ्दै खरिदारबाट जागिर शुरू गरेका गुल्मी अर्खलेका बाबुराम पाण्डे भूमिसुधार मन्त्रालयमा शाखा अधिकृत छन् । हालै जनप्रशासनमा स्नातकोत्तर गरेका पाण्डे […]